गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा डिएसपी इन्द्र सुवेदी (BEST POLICE OF THE MONTH) घोषित 

5.33K
shares

विभागिय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेको बन्दै सुवेदीलाई २०८१ साल मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयपोखराका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक भोला बहादुर रावल द्दारा हस्तारण गरिएको प्रमाण पत्रमा लेखिएको छ ।

जिल्ला गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा नं. बारपाक बस्ने महिलालाई कर्तव्य गरी मारी खाडल खनीपुरेको घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने कार्यमा प्रशंसनिय एवं नेतृत्वदायी भूमिकानिर्वाह गरी प्रहरी संगठनको छवि उच्च राख्ने कार्य गरेको हुँदा “उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०८१” बमोजिम २०८१साल मंसिर महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषणा गरिएको  


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083