जिल्ला प्रहरी परिसर ललितपुरद्वारा नागरिक सम्मानित
वि.सं.२०८१ पुस ७ आइतवार १६:११
shares

ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरले नागरिकहरुलाई सम्मान गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले कदर-पत्र सहित सम्मान गरेका हुन्।
सम्मानित हुनेमा काभ्रेपलाञ्चोक जिल्ला , रोशी गाउँपालिका, ७ स्थाई घर भएका हाल ललितपुर जिल्ला , गोदावरी न.पा.,३ बस्ने दावा तामाङ सहित चेतनाथ बजगाई र लक्ष्मी प्रसाद सुवेदी लगाएतलाई विशेष सम्मान गरिएको हाे।
सम्मानित हुने मध्यका दावा तामाङले वि.सं.२०७२ साल देखी ललितपुर जिल्लाको गोदावरी-फुल्चोकी जंगलमा वनभोज, पदयात्रा तथा घुम फिर, भ्रमण गर्ने पर्यटक एवं नागरिकहरु उल्लेखित जंगलमा हराउने, वेपत्ता हुने, बाटो बिराउने एवं विपद्मा परिरहेको अवस्थामा नेपाल प्रहरीको सहकार्यमा निरन्तर रुपमा आफ्नो जीउ ज्यानको समेत परवाह नगरी उद्धार कार्य (Rescue Operation) मा खटी बैसठ्ठी (६२) जना भन्दा बढी आम नागरिकहरुको सफल उद्धार कार्यमा दिन रात निस्वार्थ भावनाले स्वत: स्फूर्त ढंगबाट एक जिम्मेवार नागरिकको हैसियतले पुर्याउनु भएको महत्वपूर्ण योगदानको सम्मान स्वरुप सम्मान गरिएको थियोे ।
उक्त अवसरमा जिल्ला प्रहरी परिसर ललितपुरका सि.प्र.अ तथा प्रहरी कर्मचारीहरुको उपस्थिति थियो । साथै समुदाय प्रहरी साझेदारी कार्यक्रम अर्न्तगतका विभिन्न क्रिया-कलापहरुमा सक्रिय सहभागिता साथ प्रहरी कार्यक्रमहरुमा प्रत्यक्ष अमूल्य सहयोग पुर्याई योगदान गर्नुहुने अन्य नागरिलाई समेत उक्त अवसरमा सम्मान गरिएको थियाे।





























