“४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन कार्यक्रम सम्पन्न

2.28K
shares

काठमाडौ । “४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालन भईरहेको “४२ औं आई.जी.पी. रनिङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन कार्यक्रम प्रमुख अतिथि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशक लगायत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, प्रतियोगितामा सहभागी नेपाल प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, काठमाडौं उपत्यका प्रहरी कार्यालय र सात प्रदेश गरी कुल दश टिमका खेलाडी तथा अफिसियलहरु लगायतका अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्ने क्रममा प्रमुख अथितिज्यूले नेपाली खेलकुदमा नेपाल प्रहरीको योगदानको स्मरण गर्दै नेपाल प्रहरीमा हुने आन्तरिक खेलकुद प्रतियोगिताहरु स्तरीय खेलाडी उत्पादनको आधारको रुपमा रहेकाले प्रतियोगिताहरुको सम्भाव्यता खोजी गरी सञ्चालनको लागि प्रयास गरिने प्रतिवद्धता व्यक्त गर्नुका साथै सम्पूर्ण सहभागी टिमहरुलाई खेल अवधिभर उच्च अनुशासनमा रही आफ्नो खेल कौशल प्रदर्शन गर्न निर्देशन समेत दिनु भयो ।

उक्त कार्यक्रममा प्रतियोगिताको मुल आयोजक समितिका सदस्य-सचिव प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले प्रतियोगिता सम्बन्धी संक्षिप्त जानकारी प्रस्तुत गर्नु भयो ।

प्रमुख अतिथिद्वारा राष्ट्रिय फुटबल रेफ्री ज्ञान बहादुर तामाङलाई बल हस्तान्तरण गरी सञ्चालन भएको उद्घाटन खेलमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र बागमती प्रदेश प्रहरी तालिम केन्द्र बिचको खेलमा ०-० गोलको बराबरीमा प्रतियोगिता हुन सफल साथै बा.प्र.प्र.ता.केन्द्र टिमका जर्सी नं. १ का प्र.स.ह. विजय सारु म्यान अफ द म्याच घोषित हुन सफल भयो ।

उक्त प्रतियोगिता २०८१ पौष ७ देखि १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले ३,००,०००/- (तिन लाख) र द्वितीय हुने टिमले १,५०,०००/- (एक लाख पचास हजार) प्राप्त गर्नेछन् भने अन्य विभिन्न विधाहरुमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत विधागत नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ ।


Mitsubishi Long Ad