प्रहरी प्रभाग काेटेश्वरद्वारा Police Of the Month घाेषणा
वि.सं.२०८१ पुस ७ आइतवार १८:१८
shares

काठमाडौ । प्रहरी प्रभाग काेटेश्वरले Police Of the Month घाेषणा गरेकाे छ।
प्रहरी प्रभाग काेटेश्वरका कार्यालय प्रमुख प्रहरी निरीक्षक दल कुमार राईले कदर पत्र सहित सम्मान गरेका हुन् ।
प्रहरी चौकी चौथा जुम्ला दरबन्दी भई उक्त कर्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार मेख बहादुर पुन मगरलाई कार्यालयले प्रदान गरेको जिम्मेवारीहरूलाई लगनशील, अनुशासित, इमान्दारीता एवं कर्तव्य निष्ठतापुर्वक सम्पादन गर्दै कार्यालयमा आएका सेवाग्राहीहरुलाई उचित परामर्श प्रदान गर्दै मैत्रीपूर्ण वातावरणको सिर्जना गरी सेवाग्राहीहरुको प्रहरी प्रति सकारात्मक धारणा अभिवृद्धी गर्ने कार्य गरेकोले उहाँलाई सम्मान गरिएको हाे।
साथै कार्यालय परिसर भित्र सरसफाई लगायत जिन्सी हातहतियारका सामानहरूको रेखदेख हिफाजत तथा उचित व्यवस्थापन गर्नका साथै हातहतियारहरूको अभिलेखहरू दुरुस्त राखी आफुलाई सुम्पिएको पदिय जिम्मेवारीहरू उच्च नैतिक आचरणका साथ उत्कृष्ट ढंगबाट सम्पादन गर्नु भएकोले तपाईले पर्याउनु भएको योगदानको उच्च कदर गर्दै २०८१ साल मंसिर महिनाको “Police Of the Month” को रुपमा उक्त प्रशंसा-पत्र प्रदान गरिएको थियाे ।































