प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

3.2K
shares

काठमाडौ । प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ।

जनपद तर्फ प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी हवल्दार शम्भु लोहटीया यादवलाई आज सोमवार काठमाण्डौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको हाे ।

दर्ज्यानी चिन्ह सुशोभन पश्चात प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले सुशोभन समारोहलाई सम्बोधन गर्नु हुदै पदोन्नति हुनु भएका प्रहरी कर्मचारीले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रहरी उपरीक्षकहरु, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083