प्रहरी कार्यालय उदयपुरको आयोजनामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

3.39K
shares

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा जिल्ला उदयपुर उदयपुरगढी गाँउपालिका वडा नं. ७ हाडेबासमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगी, उदयपुरगढी गाँउपालिका वडा नं. ७ का वडा अध्यक्ष भुवन केप्छाकी मगर, स्थानीय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू तथा स्थानीय मानिसहरू गरी करिब ७० जनाको उपस्थिति रहेको थियो ।


उक्त कार्यक्रममा प्रहरी निरीक्षक सन्तोष कार्कीले उपस्थिति महानुभावहरुलाई स्वागत गर्दै कार्यक्रमको उदेश्य र औचित्य तथा प्रहरी र नागरिक बीचको प्रगाढ सम्बन्धका बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा उपस्थित उदयपुरगढी गाउँपालिकाका वडा नं. ०७ का वडा अध्यक्ष भुवन केप्छाकी मगरले उदयपुर प्रहरीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा वहन गरेको भूमिकाको प्रशंसा गर्दै प्रहरी कार्यमा स्थानीय निकायको सदैव साथ सहयोग रहने प्रतिवद्दता सहितको मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा  कार्यालय प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीले उठान भएका सवालहरूलाई सम्बोधन गर्दै उपस्थिति महानुभाबहरुलाई धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083