प्रहरी अतिरिक्त महानिरीक्षक बुद्धि राज गुरुङद्वारा जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण

4.97K
shares

मोरङ। नेपाल प्रहरी प्रधान कार्यालय, कार्य बिभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बुद्धि राज गुरुङले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण गर्नु  भएको छ ।

निरीक्षण पश्चात निर्देशन तथा सम्बोधनको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक बुद्धि राज गुरुङले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्न प्रभावकारी प्रहरी परिचालन आजको मुख्य आवश्यकता रहेकाले थप उत्कृष्ट सेवा प्रवाहका लागि प्रहरी आचरण एवम् प्रहरीले गर्नु पर्ने आधारभुत काम कारवाही चुस्त/दुरुस्त हुनुका साथै प्राप्त जिन्सी स्रोत साधनको उचित संरक्षण तथा व्यवस्थापन गर्नु पर्ने बताउनु भयो ।

हरेक प्रहरी कर्मचारीहरुले प्रहरी संगठन प्रति कुनै किसिमको आँच आउने कार्य नगर्न र तालुक प्रहरी कार्यालयहरुबाट प्रेषित महत्वपूर्ण परिपत्र एवम निर्देशनहरुको अक्षरस कार्यान्वयन गर्नुपर्ने लगायतका अमुल्य निर्देशन उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई दिनु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083