४२ औ आई. जि.पि. रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरकाे प्रमुख आतिथ्यतामा ४२ औ आई. जि.पि. रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा  २०८१/०९/०७ गतेदेखि १६ गतेसम्म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सञ्चालन भएको “४२ औं आई.जि.पि. रनिङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” आज सम्पन्न भएको हाे।

कार्यक्रममा ने.प्र.प्र.का. र उपत्यका स्थित प्रहरी कार्यालयहरुका प्र.अ.म.नि.हरु, प्र.ना.म.नि.हरु,  सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र जंगी अड्डाका प्रमुख महा सेनानी, प्रहरी बरिष्ठ उपरीक्षकहरु, सशस्त्र प्रहरी बल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका प्रमुख सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु राष्ट्रिय खेलकुद परिषदका अखिल नेपाल फुटबल संघका महासचिव, जुमा स्पोर्टसका म्यानेजिङ डाईरेक्टर, केल्मी नेपाल प्रा.लि. का डाईरेक्टर, BYD Company का National Sales Head, कान्तिपुर भान्साघरका प्रोपाइटर लगायत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, खेलाडी तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक रामेश्‍वर पौडेलले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

प्रतियोगितामा सहभागी टिम, प्रायोजक एवं निर्णायकहरुलाई मायाको चिनो तथा प्रतियोगिताको फाईनल खेलका विजेता टिमलाई मेडल, प्रमाण पत्र, चेक तथा रनिङ्ग शिल्ड प्रदानको कार्यक्रम पश्चात निर्देशन सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि प्रहरी महानिरीक्षक श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीका खेलाडीहरुले संगठन र राष्ट्रको गरिमा उच्च बनाएको सन्दर्भलाई समेत स्मरण गर्नु हुँदै नेपाल प्रहरीले आयोजना गर्ने यी र यस्ता प्रतियोगिताहरू खेलाडी उत्पादनको लागि सार्थक सिद्ध भएको विश्‍वास व्यक्त गर्नुभयो ।

सोही अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्र.अ.म.नि. सुदिप गिरीले फाईनल खेलको प्रतियोगितामा द्वितीय हुन सफल टिमलाई मेडल, प्रमाण पत्र, चेक, तथा कप प्रदान गर्नु भयो ।

उक्त प्रतियोगितामा अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले फाईनल खेलको म्यान अफ दि म्याचको पुरस्कार प्रदान गर्नु भएको थियो भने नेपाल प्रहरी खेलकुद समितिका उपाध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षकहरुले प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीहरुलाई प्रमाण प्रत्र तथा चेक वितरण गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले प्रमुख अतिथि लगायत सम्पूर्ण आमन्त्रित अतिथिहरुमा धन्यवाद ज्ञापन गर्नु हुँदै नेपाल प्रहरीका जुनियर टिमको उत्कृष्ट खेल प्रदर्शनको समेत गर्नुका साथै आन्तरिक खेलकुद प्रतियोगिताहरुको महत्वलाई दृष्टिगत गरी यस वर्षबाट आन्तरिक क्रिकेट प्रतियोगिता समेत आयोजना गर्ने लक्ष्य राखिएको कुरा व्यक्त गर्नुभयो ।

प्रमुख अतिथिद्वारा राष्ट्रिय फुटबल रेफ्री ज्ञान बहादुर तामाङलाई बल हस्तान्तरण गरी सञ्चालन भएको फाईनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको टिमले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराकगञ्जको टिमलाई २-१ गोलको अन्तरले पराजित गरी प्रतियोगिताको ४२ औं सस्करणको विजेता बन्न सफल भई रु.३,००,०००/-(तीन लाख) नगद पुरस्कार प्राप्त गर्न सफल भएको थियो भने द्वितीय हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई रु.१,५०,०००/- एक लाख पच्चास हजार) नगद पुरस्कार प्राप्त गरेको थियो ।

 

१६ पुस २०८१, मंगलवार १८:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु