भिड नियन्त्रण (प्र.ज. देखि प्र.नि.) तालिम ९८ औं समूहको अन्तरक्रिया कार्यक्रम सम्पन्न 

4.11K
shares

बिराटनगर ।  भिड नियन्त्रण (प्र.ज. देखि प्र.नि.) तालिम ९८ औं समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न  भएको छ ।

२०८१ मंसिर २४ गतेबाट तालिम केन्द्रमा संचालित १८ कार्यदिन अवधिको भिड नियन्त्रण (प्र.ज. देखि प्र.नि.) तालिम ९८ औं समूहको आज  काेशी प्रहरी प्रदेश तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भएकाे हाे।

साथै दीक्षित भई जाने सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई प्रमुख अतिथिज्यूले शुभ-कामना एवं बधाई दिंदै कार्यक्षेत्रमा पाएको जिम्मेवारी अनुशासित, इमान्दार, कर्तव्यनिष्ठ, सभ्य र सुसंस्कृत हुँदै राज्य, संगठन र जनताप्रति इमान्दार भएर कार्यसम्पादन गर्नु हुन समेत निर्देशन दिनु भयो ।

उक्त कार्यक्रममा तालिम संयोजक तथा प्रहरी निरीक्षक ऋषि राज ढकाल, प्रहरी निरीक्षक मिलन थापा, प्रहरी निरीक्षक प्रभात लक्सम लिम्बु, जुनियर प्रहरी अधिकृतहरु, प्रशिक्षक वर्ग लगायत प्रशिक्षार्थीहरु समेतको उपस्थिति रहेको थियो ।