एसएसपी विनोद घिमिरेद्वारा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखको पदभार ग्रहण

2.68K
shares

काठमाडौ । प्रहरी बरिष्ठ उपरीक्षक विनोद घिमिरेले काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको रुपमा पदभार ग्रहण गर्नु भएको छ।

काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा प्रहरी बरिष्ठ उपरीक्षक विनोद घिमिरेले आज पदभार ग्रहण गर्नु भएको हाे ।

स्वागत कार्यक्रममा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक संजय बहादुर राउतले ट्राफिक प्रहरीको गतिविधी सम्बन्धी प्रकाश पार्नुभयो ।

पदभार सम्हाल्नु हुँदै प्रहरी बरिष्ठ उपरीक्षक घिमिरेले ट्राफिक प्रहरीले गर्दै आएका काम कारबाहीलाई निरन्तरता दिदै आगामी दिनहरुमा थप उर्जाका साथ त्रुटीरहित तवरले सडक प्रयोगकर्ताको मनोभावनालाई बुझेर थप सक्रिय भई कार्य गर्न ट्राफिक प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । प्रहरी बरिष्ठ उपरीक्षक घिमिरेलाई प्रहरी अधिकृत तथा जवानहरूले स्वागत गर्नु भएको थियो ।