जिल्ला प्रहरी परिसर, काठमाडौका प्रमुख एसएसपी वसन्त रजौरेकाे प्रमुख आतिथ्यतामा फेरि भेटौंला तथा स्वागत कार्यक्रम सम्पन्न

3.41K
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर, काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेकाे प्रमुख आतिथ्यतामा फेरि भेटौंला तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी परिसर,काठमाडौं तथा मातहत प्रहरी कार्यालयबाट काज सरुवा भई जान लाग्नु भएका  परिसरका प्रहरी नायब उपरीक्षक गंगाप्रसाद पौडेल, प्रहरी वृत्त, लैनचौरका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापा र वृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाह आफ्नो कार्य क्षेत्रमा जान लाग्नु भएको हाे।

उहाँहरुले दिनु भएको योगदानलाई कदर गर्दे जिल्ला प्रहरी परिसर, काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेद्वारा खादा ओडाई प्रशंसा पत्र प्रदान गर्नु भएको हाे।

साथै हाजिर हुनु आउनु भएका प्रहरी वृत्त लैनचौरका डिएसपी जागेश्वर भण्डारी र प्रहरी वृत्त सिंहदरबारका डिएसपी गंगाप्रसाद पौडेल तथा  परिसरमा विभिन्न मितिमा सरुवा भई आउनु भएका प्रहरी निरीक्षकहरुलाई समेत खादा ओढाई स्वागत गरिएको थियोे ।

उक्त कार्यक्रममा २०८१ भदौ, असोज र कार्तिक महिनामा POLICE OF THE MONTH घोषित भएका प्रहरी कर्मचारीहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियाे।