एसएसपी सुरेन्द्र बहादुर गुरुङद्वारा जिल्ला प्रहरी कार्यालय रौतहटकाे निरीक्षण

4.21K
shares

राैतहट।  नेपाल प्रहरी मधेश प्रदेश कार्यालय  जनकपुरधाम धनुषाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सुरेन्द्र बहादुर गुरुङले जिल्ला प्रहरी कार्यालय रौतहटकाे निरीक्षण तथा अनुगमन गरेका छन्।

प्रहरी बरिष्ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ समेतको टोलीले जिल्ला प्रहरी कार्यालय रौतहटको अपराध अनुसन्धान शाखा, उजुरी तथा छानविन शाखा,महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, अनुचित लेनदेन शाखा, संचार शाखा र CDR शाखाको कार्य सम्पादन तथा हिरासत कक्ष समेतको निरीक्षण गरेेका हुन्।

साथै निरीक्षणकाे क्रममा सुधार गर्नु पर्ने पक्षहरु औँल्याई अनुसन्धानका प्रकृयाहरु, विभागीय नीति निर्देशन CAP निर्देशनको लक्ष्य तथा उद्देश्य अनुरुप त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन गर्नु भई प्रहरी कर्मचारीहरुद्वारा सेवाग्राहीहरुको लागी प्रवाह गरिनु पर्ने प्रहरी सेवा नि:स्वार्थ एवं पारदर्शी तवरबाट प्रवाह गर्न यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई अपराध नियन्त्रण तथा अनुसन्धान सम्बन्धमा आवश्यक निर्देशन समेत दिनु भएको थियाे।

उक्त निरीक्षण तथा अनुगमन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख एसपी दिलिप घिमिरे, प्रहरी नायब उपरीक्षक, निरीक्षक सिनियर/ जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।