प्रहरी प्रभाग काेटेश्वरद्वारा Police Of the Month घाेषणा

2.99K
shares

प्रहरी प्रभाग काेटेश्वरका कार्यालय प्रमुख प्रहरी निरीक्षक दल कुमार राईले कदर पत्र सहित सम्मान गरेका हुन् ।

प्रहरी वृत्त नयाँ बानेश्‍वर दरबन्दी भई उक्त   कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक हरिराम कुमाललाई सम्मान गरिएको हाे।

कार्यालयले प्रदान गरेको जिम्मेवारीहरूलाई लगनशील, अनुशासित, इमान्दारीता एवं कर्तव्य निष्ठतापुर्वक सम्पादन गर्दै  कार्यालयको जिम्मेवार वडा एरिया भित्र शान्ति सुरक्षा कायम राख्न महत्वपुर्ण भुमिका निर्वाह गर्नुको साथै मनोहरा खोलाबाट हुने बालुवा उत्खनन कार्यलाई रोकथाम गर्न अहोरात्र खटिई आफुलाई सुम्पिएको पदिय जिम्मेवारीहरू उच्च नैतिक आचरणका साथ उत्कृष्ट ढंगबाट सम्पादन गरेकोले योगदानको उच्च कदर गर्दै २०८१ साल पुस महिनाको “Police Of the Month” को रुपमा प्रशंसा-पत्र प्रदान गरिएको थियोे ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083