४६ औं पर्यटक प्रहरी दिवस, २०८१ कार्यक्रम सम्पन्न

2.55K
shares

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा ४६औं पर्यटक प्रहरी दिवस, २०८१ सम्पन्न भएको छ ।

 

प्रहरी महानिरीक्षक कुँवरले पर्यटकहरूको सुरक्षा र पर्यटन विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने उद्देश्य सहित स्थापित पर्यटक प्रहरीले उपलब्ध साधन स्रोतको उपयोग गर्दै निर्वाह गरेको कार्य सराहनीय रहेको उल्लेख गर्नुभयो । पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा यसका लागि सबै सरोकारवाला निकायको समन्वयात्मक भूमिका अपरिहार्य रहेको समेत उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल सुन्दर मात्र हैन सुरक्षति पनि छ भनेर विश्वमाझ चिनाउन सके हाम्रो पर्यटन क्षेत्रमा थप आकर्षण पैदा हुने उल्लेख गर्दै पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखि समग्र पर्यटन क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धनमा नेपाल प्रहरी सदैव कटिवद्ध भई सेवा प्रवाह गर्ने बताउनुभयो । पर्यटक प्रहरीद्वारा सम्पादित कामकारवाही एवम् प्रदर्शित व्यवहारको प्रभाव राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत पर्ने हुँदा यसमा आवद्ध प्रहरी कर्मचारीहरूले सेवा प्रवाहको स्तर अझ बढाउँदै उच्च व्यावसायिकता र निष्ठाका साथ कार्य गर्न उहाँले निर्देशन दिनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव बिनोदप्रकाश सिंह, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी र नेपाल एसोसियसन अफ र्‍याफ्टिङ एजेन्सीका निवर्तमान अध्यक्ष शिव अधिकारीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।