बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट बिदा भए प्रहरी उपरीक्षक दुर्गा राज रेग्मी

4.38K
shares

हेटाैडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी उपरीक्षक दुर्गा राज रेग्मी बिदा भएका छन्।

 

हेटौंडाबाट नुवाकोटमा सरुवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीकाे विदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको हाे।

उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माले फूलमाला, खादा र मायाको चिनो प्रदान गरी प्रहरी उपरीक्षकलाई आफ्नो ज्ञान, कौशल र क्षमताले प्रहरी संगठनको हितमा रहेर कार्य गर्न शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु लगायत अन्य मातहत दर्जाका प्रहरी कर्मचारीहरुले पुष्पगुच्छा प्रदान गरी आगामी कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083