प्रहरी नायव महानिरीक्षक राजन अधिकारीद्वारा नेपाल पुलिस स्कुल धरानको निरीक्षण

Nepal Life Insurance Long Ad

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख तथा नेपाल पुलिस स्कुल धरानका संरक्षक प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले आज विद्यालयको निरीक्षण भ्रमण गर्नुभएको छ ।

भ्रमणको क्रममा उहाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको बिहानीको प्रार्थनासभामा उपस्थित भई विद्यार्थीहरुलाई हौसला प्रदान गर्नुका साथै धन्यवाद व्यक्त गर्नुभयो । साथै विद्यालय परिसरमा रहेका छात्रावास, मेस, प्राथमिक उपचार कक्ष, विद्यालयको विभिन्न शाखा समेत निरीक्षण गर्नुका साथै वृक्षारोपण समेत गर्नुभयो ।

कार्यक्रममा नेपाल पुलिस स्कुल धरानका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, इलाका प्रहरी कार्यालय धरानका प्रमुख, विद्यालय प्राचार्य, विद्यालय समादेशक, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुखको उपस्थिती रहेको थियो ।

 

१८ माघ २०८१, शुक्रवार १६:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु