प्रहरी वृत्त कृतिपुरमा कार्यरत डिएसपी भुवनेश्वर प्रसाद शाह पुरस्कृत
वि.सं.२०८१ माघ १८ शुक्रवार २०:४१
3.74K
shares
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौले प्रहरी वृत्त कृतिपुरमा कार्यरत कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भुवनेश्वर प्रसाद शाहलाई पुरस्कृत गरेको छ ।
प्रहरी सेवा प्रति निष्ठा, ईमान्दार भई कार्यालयको आन्तरिक प्रशासन एवं शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा निर्वाह गरेको भूमिकाको उच्च मुल्याङ्कन स्वरुप डिएसपी शाहलाई अभिलेखमा जनिने गरि नगद पुरस्कार द्धारा पुरुस्कृत गरिएको हाे।

















