रिकन्डीसन हाउसको दादागिरी : पैदल यात्रु सास्तीमा, मेयर बालेन र प्रहरी मौन

Nepal Life Insurance Long Ad

काठमाडौं । काठमाडौंका मुख्य सडकहरूमा ‘रिकन्डीसन हाउस’ व्यवसायीहरूले फुटपाथ र सडक मिचेर बाइक राख्दा सर्वसाधारणलाई हिँड्नै गाह्रो भएको छ। पैदल यात्रु सडकमै हिँड्न बाध्य छन्, तर स्थानीय प्रशासन मौन देखिन्छ।

भाटभटेनी सुपरमार्केट–कोटेश्वर हुँदै पेप्सिकोला र सिनामंगलसम्मको सडक छेउमा रहेका रिकन्डीसन हाउसहरूले मोटरसाइकल, स्कुटर जथाभावी पार्किङ गर्दा सर्वसाधारणको बाटो अवरुद्ध भएको छ।

फुटपाथ कब्जा : पैदल यात्रुको पीडा
महानगरपालिकाले बेलाबेला फुटपाथ व्यापारीहरूलाई हटाउने गरे पनि रिकन्डीसन हाउस व्यवसायीहरूमाथि कुनै कारबाही गरेको देखिँदैन।

सडक विभागका नियमअनुसार, व्यस्त सडकमा कम्तीमा १.५ मिटर चौडा फुटपाथ अनिवार्य हुनुपर्छ। तर, कतिपय ठाउँमा फुटपाथ आधा मिटरभन्दा कम छ। त्यसमा पनि व्यवसायीहरूले बाइक राखेर झन् साँघुरो बनाइदिएका छन्।

मेयर बालेनको दोहोरो मापदण्ड ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले फुटपाथमा मकै बेच्ने साना व्यापारीलाई नगर प्रहरी लगाएर हटाएका थिए। तर, सडक मिच्ने रिकन्डीसन हाउसहरूका लागि भने कुनै कारबाही गरेको देखिँदैन।

स्थानीय बासिन्दाहरू प्रश्न गर्छन् –
“गरिब फुटपाथ व्यापारीलाई मात्र कारबाही गर्ने, तर ठूलाबडालाई उन्मुक्ति दिने नीति हो?”

प्रहरी पनि मौन

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र अन्य सरोकारवाला निकायहरू पनि यो समस्या समाधान गर्नतर्फ उदासीन देखिन्छन्।

रिकन्डीसन हाउसहरूले बजाज, होन्डा, यामाहा, टीभीएस, हिरो लगायतका ब्रान्डका बाइक सडक पेटीमा राख्ने गरेको देखिन्छ।

स्थानीय बासिन्दाहरू भन्छन्,
“फुटपाथ साँघुरो भएर दुईजना हात समातेर हिँड्न पनि मिल्दैन। सडक मिचेर ठूला व्यवसायीहरूले व्यापार गरिरहँदा, पैदल यात्रु भने सवारी साधनबाट जोगिँदै हिँड्न बाध्य छन्।”

सरकारले ध्यान दिन्छ कि अर्को दुर्घटना कुर्छ ?

रिकन्डीसन हाउस व्यवसायीहरूको मनपरीले पैदल यात्रुहरूको सुरक्षामा गम्भीर खतरा पैदा गरेको छ।

अब प्रश्न छ –
के महानगरपालिका र ट्राफिक प्रहरीले यसको समाधान खोज्नेछ, कि ठूलाबडाको संरक्षण गर्दै चुप लागेर बस्नेछ?


राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

२०८२ असार २ सोमवार

समस्या यो व्यवस्थामा होइन, नेता र सरकारमा छ । अहिलेको वितृष्णा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

२०८२ जेठ २९ बिहीवार

 ईलाम। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

२०८२ जेठ २८ बुधवार

काठमाडौ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर...

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ जेठ २८ बुधवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ...

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ जेठ २६ सोमवार

काठमाडौ । विपद् लगायत विपद्का घटनाको उद्रार एबं व्यवस्थापन कार्यक्रमको...