आइजीपी बसन्त कुँवरद्वारा नेपाल पुलिस स्कुल साँगामा नवनिर्मित भवनको उद्घाटन
वि.सं.२०८१ माघ २५ शुक्रवार २२:०५
shares

काठमाडौ । प्रहरी महानिरीक्षक (आइजीपी) बसन्त कुँवरले नेपाल पुलिस स्कुल साँगामा नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ।
आइजीपी बसन्त कुँवरले नेपाल पुलिस स्कुल काभ्रेको साँगामा नवनिर्मित छात्राबासको आज आयोजित एक समारोहबीच उदघाटन गर्नुभयो । उद्घाटन पश्चात उहाँले नवनिर्मित भौतिक संरचनाहरूको निरीक्षण समेत गर्नुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले विद्यालयलाई समयानुकुल स्तर वृद्धि गर्ने सन्दर्भमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आजको प्रतिस्पर्धात्मक विश्व जगतमा गुणस्तरीय र प्रविधिजन्य शिक्षा अत्यन्त आवश्यक रहेको हुँदा वैज्ञानिक र व्यवहारिक शिक्षा प्रणालीलाई जोड दिनुपर्नेमा उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरले विद्यार्थीहरुमा असल व्यक्तित्व र सकारात्मक मानसिकताको विकास गरी राष्ट्र निर्माणमा उनीहरुको भूमिका र समाजप्रतिको दायित्वबोध गराई शिक्षित, सभ्य र क्षमतावान नागरिकमा रुपान्तरण गर्नेतर्फ विद्यालय सदैव गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

















