एआईजी दीपक थापा सम्मानित

3.26K
shares

उक्त अवसरमा प्रधानमन्त्री ओलीले भवन निर्माण सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने तत्कालीन उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापालाई प्रशंसापत्रसहित सम्मान गर्नुभयो। एआईजी थापाले उपत्यका प्रहरी प्रमुख तथा डीआईजीको कार्यकालमा प्रशासन प्रमुखका रूपमा रहँदा नेपाल पुलिस क्लबलाई अन्तर्राष्ट्रिय स्तरको क्लब तथा कार्यक्रम स्थलको रूपमा विकास गर्न अहम भूमिका खेलेका थिए। हाल उहाँ नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का प्रमुख हुनुहुन्छ।

प्रधानमन्त्री ओलीले सोही कार्यक्रममा नेपाल प्रहरीको ऐतिहासिक विकासक्रम, दस्तावेज र घटनाक्रमहरूको अध्ययन तथा विश्लेषण गरी तयार पारिएको ‘नेपाल प्रहरीको इतिहास भाग २’ पुस्तकको विमोचन पनि गर्नुभयो।

यसै अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ७४ लाख रूपैयाँको चेक हस्तान्तरण गर्नुभयो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083