डिआईजी राजन अधिकारीकाे प्रमुख आतिथ्यतामा सरस्वती मन्दिर शिलान्यास कार्यक्रम सम्पन्न

माेरङ। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीकाे प्रमुख आतिथ्यतामा सरस्वती मन्दिर शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका नं. ०९ गोठगाउँ स्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रको निर्माणाधीन परिसरमा प्रमुख अतिथिले सरस्वती मन्दिरको शिलान्यास गर्नु भएको हाे।
उक्त सिलान्यास कार्यक्रममा सुन्दरहरैचा नगरपालिका मोरङका मेयर केदार प्रसाद गुरागाँई, काृशी प्रहरी प्रदेश तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी उपाध्यक्ष सम्झना घिमिरे काफ्ले, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सुमन कुमार तिम्सिना, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेकाे उपस्थिति रहेको थियाे ।
साथै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्राविधिक प्रहरी उपरीक्षक हरी डंगोल, सुन्दरहरैचा नगरपालिका वडा नम्बर ०९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, ईन्द्रपुर खानेपानी समितिका अध्यक्ष नवराज चापाँगाई, उद्योग वाणिज्य संघ सुन्दरहरैचाका पदाधिकारीहरू, संयुक्त राष्ट्रसंघिय परियोजना (UNOPS), ओम साई कन्ट्रक्सन प्रा.लि. का प्रतिनिधिहरू, सामुदायिक वन उपभोक्ता समिति सुन्दरहरैचाका पदाधिकारीहरू, स्थानिय बुद्धिजीवी, भद्र-भलादमीहरू, समाजसेवी, व्यवसायी पत्रकार तथा प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षकहरू लगायतका अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
७ फागुन २०८१, बुधवार २३:०८ बजे प्रकाशित