प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) पद्मकन्या बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन  

3.29K
shares

काठमाडौ ।   अखिल (क्रान्तिकारी) पद्मकन्या  बहुमुखी क्याम्पस समितिले KIIT – Kalinga Institute of Industrial Technology का विद्यार्थीमाथि गरिएको दमन, राष्ट्रिय स्वाभिमानमाथि प्रहार र विद्यार्थीहरूको शैक्षिक भविष्यको सुनिश्चितताका र न्यायको लागि  प्रकृति लम्सालको न्यायको माग गर्दै कडा विरोध प्रदर्शन गरेको छ । बिहिबार पद्मकन्या क्याम्पस प्राङ्गण परिसर क्षेत्रमा विद्यार्थी संगठनले विरोध गरेकाे हाे।

उनीहरूले सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले “प्रकृति लम्साललाई न्याय दे”, “दोषीलाई कडा कारबाही गर”, “नारी हिंसाविरुद्ध ऐक्यबद्धता” जस्ता नारा लगाएका थिए। उनीहरूले प्रशासनले घटनालाई हल्का रूपमा लिएको आरोप लगाउँदै छिटो अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए।

बिरोध प्रद्रशन कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी) नेतृ रिता ढुङ्गाना, अखिल (क्रान्तिकारी) पद्मकन्या क्याम्पस समितिकाे नेतृ दुर्गा नेपाली लगाएत युवा विद्यार्थीहरुकाे उपस्तिथी रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083