एसएसपी विश्व अधिकारीको प्रमुख आतिथ्यतामा मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८१ चैत १२ मंगलवार
960
shares
काठमाडौ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीको प्रमुख आतिथ्यतामा मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीको प्रमुख आतिथ्यतामा एवं मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईको अध्यक्षतामा काठमाडौंको बानेश्वर थापागाउँ स्थित रहेको व्याङ्क्वेटमा काठमाडौं जिल्ला भित्र हाल संचालनमा रहेका मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।
सो कार्यक्रममा उपस्थित मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायीहरुले आफ्नो क्षेत्रसंग सम्बन्धित विभिन्न समस्या, गुनासाहरु राख्नुका साथै शान्ति सुरक्षासंग सम्बन्धित महत्वपूर्ण सुझावहरु समेत व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला प्रहरी परिसर, काठमाडौंका कार्यालय प्रमुख विश्व अधिकारीले मोबाइल तथा इलेक्ट्रोनिक्स सामानहरुको चोरीका घटनाहरु न्युनिकरण एवं नियन्त्रण गर्न तथा सोसंग सम्बन्धित सूचना प्रहरीलाई दिई अपराध अनुसन्धानमा सहयोग गर्नको लागि उपस्थित व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
उहांले अपराधिक मनोवृत्ति भएका व्यक्तिहरुले Electronic Devices को प्रयोग गरी मानिसहरुको मान, मर्यादा, इज्जत एवं गोपनियतासंग सम्बन्धित विषयहरुमा हस्तक्षेप, खेलवाड तथा लापरबाही गरी उनीहरुलाई पिडित बनाई समाजमा विभिन्न प्रकृतिका अपराधका घटनाहरु घटाई सामाजिक सद्भाव विगार्ने तथा समाजलाई आक्रोसित बनाउने कार्य समेत भइरहेको परिप्रेक्ष्यमा यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई पिडितलाई न्याय दिलाउनका लागि प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न समेत आग्रह गर्नुभयो ।
प्रचलित कानून बमोजिम व्यवसायीहरुको आफ्नै कानूनी दायित्व रहेको विषयमाथी जोड दिँदै उहांले मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायिक केन्द्रहरुले आफ्नो केन्द्रमा सेवा लिन आउने सेवाग्राहीहरुको अभिलेख राखी उनीहरुले मर्मत वा बिक्रीका लागि ल्याएका सामानहरु चोरीको हो भन्ने कुराको शंका गर्नु पर्ने कुनै आधार छैन भनि आफू विश्वस्त भएर मात्र त्यस्ता मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको मर्मत, खरिद लगायतका कार्य गर्न अनुरोध गर्दै व्यवसायीहरुको साथ पाएमा मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको चोरी नियन्त्रण एंव अनुसन्धानमा प्रहरीले थप प्रभावकारी काम गर्ने कुरा समेत व्यक्त गर्नुभयो ।
सो क्रममा उहांले शंकास्पद Electronic Devices को बारेमा वा कुनै किसिमको आपराधिक घटनाको विषयमा सुचना भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी परिसर काठमाडौंको सम्पर्क नं. ९८५१२८३०१२, प्रहरी कन्ट्रोलको नं. १०० मा जानकारी गराई अपराध नियन्त्रणमा हातेमालो गर्नका लागि उपस्थित सबैमा अनुरोध गर्नुभयो ।
उक्त कार्यक्रममा काठमाडौ जिल्ला भित्र संचालनमा रहेका मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायीहरु, मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी महासंघका प्रतिनिघिहरु, प्रहरी वृत्त तथा प्रभागमा कार्यरत प्रहरी कर्मचारी लगायत ७५० जना भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।

२०८१ चैत १२ मंगलवार