सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्वारा जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख एसपी रुपेश खड्कालाई प्रशंसा पत्र प्रदान
वि.सं.२०८१ चैत २४ आइतवार १५:०१
6.03K
shares
shares

सुर्खेत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्कालाई प्रशंसा पत्र प्रदान गरेका छन्।
कर्णाली प्रदेशको राजधानी जिल्ला प्रहरी प्रमुखकको रुपमा कार्यरत रही शान्ति ,सुरक्षा, अपराध नियन्त्रण, लागू औषध नियन्त्रण तथा अपरेशनल कार्यमा सहजिकरण र उच्च समन्वय गरी जिल्लामा अमनचयन राख्न उच्च मनोबलका साथ अहोरात्र खटिई समन्वयात्मक भुमिका निर्वाह गरेकोले उनलाई सम्मान गरिएको हाे।
श्री सशस्त्र प्रहरी बल,नेपाल नं.६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतको २४ औं स्थापना दिवस २०८१ को अवसरमा सम्पादन गरेको कार्यको उच्च मूल्याङकन गरि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्धारा सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्कालाई प्रशंसा पत्र प्रदान गरिएको थियो।




















