लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा आयोजना गरिएको लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिकाको सभाहलमा बिहीबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालय, कागेश्वरी मनोहरा नगरपालिका र सामुदायिक सेवा तथा विकास समाज एवम् सुमदायिक सेवा केन्द्र कोटेश्वरको संयुक्त आयोजनामा सञ्चालन गरिएको थियो ।

लागूऔषध दुर्व्यवसनको तथ्याङ्क दिनानुदिन बढ्दै गईरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै समाजका हरेक सरोकारवाला पक्षहरुको एउटै सक्रिय संयन्त्रको रुपमा अगाडि बढ्ने आवश्यकतालाई बोध गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम गत फागुन १७ गते गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा एक समारोहबीच शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की बीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो । सोही अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गतका घरहरुमा टास गर्ने स्टिकरको समेत टास गरी शुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले लागूऔषध रोकथाम तथा नियन्त्रण गर्नको लागि यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनहरुमा लागूऔषध दुर्व्यसन विरुद्धको अभियानलाई थप सशक्त बनाउने उहाँले बताउनुभयो । सभ्य, सुरक्षित एवम् अपराधमुक्त समाज निर्माण गर्न प्रहरीको मात्र एकल प्रयास मात्र सम्भव नहुने चर्चा गर्दै नागरिकको सहयोग, समन्वय, सहकार्य तथा ऐक्यवद्धता हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रमका सभाअध्यक्ष कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले लागूऔषध दुर्व्यसन नियन्त्रण तथा निर्मुल गरी सभ्य एवम् सुरक्षित समाज निर्माण गर्न प्रहरी र नागरिकको सहयोग, समन्वय र सहकार्यलाई थप सशक्त बनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख शान्ता थापा, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी र कागेश्वरी मनोहरा नगरपालिका-३ का वडा अध्यक्ष राममणी पुडासैनीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सामुदायिक सेवा तथा विकास समाज एवम् सामुदायिक सेवा केन्द्र कोटेश्वरका महासचिव पदम कुमार रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गिकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । साथै कार्यक्रममा लागूऔषध सम्बन्धी सचेतनामूलक गीतिनाटक समेत प्रस्तूत गरिएको थियो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका पदाधिकारीहरू, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरू, सामुदायिक तथा संस्थागत विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, विद्यालयका प्राचार्यहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।


राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

२०८२ असार २ सोमवार

समस्या यो व्यवस्थामा होइन, नेता र सरकारमा छ । अहिलेको वितृष्णा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

२०८२ जेठ २९ बिहीवार

 ईलाम। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

२०८२ जेठ २८ बुधवार

काठमाडौ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर...

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ जेठ २८ बुधवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ...

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ जेठ २६ सोमवार

काठमाडौ । विपद् लगायत विपद्का घटनाको उद्रार एबं व्यवस्थापन कार्यक्रमको...