वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

3.94K
shares

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको सचिवमा खोटाङका प्रभात राई निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न वाईसिएलको प्रथम सम्मेलनले राईलाई सचिवमा सर्वसम्मत् चयन गरेको हो ।

विशेष प्रदेश समिति सचिवमा निर्वाचित प्रभात वाईसिएल नेपाल खोटाङका निवर्तमान सचिव थिए।  वाईसिएल नेपाल विशेष प्रदेश समिति काठमाडौँ उपत्यकालाई कार्यक्षेत्र बनाएर सङ्गठनमा सक्रिय रहेका ७७ वटै जिल्लाका कार्यकर्ताहरुलाई समेटेर निर्माण गरिएको सचिव राईले बताए।

माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले ६१ सदस्यीय समिति चयन गरेको छ । समितिको अध्यक्षमा नवीन थापा, उपाध्यक्षहरुमा रामचन्द्र मैनाली, लमु शेर्पा र प्रविणजङ बस्नेत, सचिवमा प्रभात राई, सहसचिवमा किशोर बुढामगर, अभिनाशकुमार गौरव, देशकुमार राई, होमराज घर्ती र विशाल सेढाई (क्षेत्री) तथा कोषाध्यक्षमा इराजकुमार राउत निर्वाचित भएका हुन् ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083