स्ववियु बानेश्वर बहुमुखी क्याम्पसद्वारा बिद्यार्थी केन्द्रित निशुल्क अंग्रेजी भाषा तथा कम्युटर कक्षा संचालनमा

२०८२ जेठ १६ शुक्रवार
735
shares
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसले बिद्यार्थी केन्द्रित निशुल्क अंग्रेजी भाषा तथा कम्युटर कक्षा सन्चालनमा ल्याएको छ ।
क्याम्पसले १६ दिन गर्मी बिदा दिएसँगै स्ववियुले बिद्यार्थीकेन्द्रित कार्यक्रम सन्चालनमा ल्याएको हो ।
बिहान ६ बजे देखि ८ बजे सम्म २ सिफ्टमा कम्युटर कक्षा सन्चालन हुनेछ, भने ८ बजे देखि ९ बजे सम्म अंग्रेजी भाषा कक्षा सन्चालन गरिने स्ववियु अध्यक्ष भुमिराज अधिकारीले जानकारी दिए ।
शुक्रबारबाट सन्चालनमा आएको कक्षाको उद्घाटनमा क्याम्पस प्रमुख डा. घमानसिंह खड्का, प्राध्यापक संघका कार्यवहाक अध्यक्ष रामेश्वर काफ्ले, व्यवस्थापन संकायमा प्रमुख अर्जुन आचार्यको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा स्ववियु अध्यक्ष भुमिराज अधिकारीले विद्यार्थीकेन्द्रित अन्य विभिन्न क्रियाकलाप क्रमिक रुपमा ल्याउने बताए । उनले २ बर्षमा नमुना स्ववियु बनाउने उदेश्य रहेको बताए ।

२०८२ जेठ १६ शुक्रवार