साइबर ब्युरोद्वारा सर्वसाधारणलाई सतर्क रहन आग्रह

Nepal Life Insurance Long Ad

काठमाडौँ । नेपाल प्रहरीले अनधिकृत पहुँच र फिसिङ एसएमएसमार्फत ठगीका घटना बढ्दै गएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। प्रहरीको साइबर ब्युरोले एक सूचना जारी गर्दै ‘AT_Alert’, ‘THE_Alert’ लगायत बल्क एसएमएस सेवा प्रदायकहरूको नाम दुरुपयोग गरी प्रयोगकर्ताका संवेदनशील वित्तीय विवरण चोरी गर्ने प्रयास भइरहेको जनाएको छ।

ब्युरोका अनुसार ‘Your account will be locked in 6 hours. Verify immediately’ वा ‘Your connectIPS linked accounts have been suspended due to security reasons. Please complete the self-verify process to regain access.’ जस्ता भ्रामक सन्देशहरू व्यापक रूपमा पठाइएको पाइएको छ।

यस्ता एसएमएसमा समावेश लिङ्कमा क्लिक गर्दा प्रयोगकर्ता नक्कली वेबसाइटमा पुग्छन्, जहाँ उनीहरूलाई आफ्नो युजरनेम, पासवर्ड, वा अन्य संवेदनशील जानकारी दिन बाध्य पारिन्छ। यी विवरणहरूको दुरुपयोग गरी ठगहरूले डिजिटल वालेट तथा बैंक खाताबाट रकम निकाल्ने गरेका छन्।

साइबर ब्युरोले यस्ता भ्रामक वा शंकास्पद सन्देशहरूमा प्रतिक्रिया नजनाउन र त्यसमा समावेश लिङ्कमा क्लिक नगर्न सबैलाई आग्रह गरेको छ। यस्ता सन्देश प्राप्त भएमा सम्बन्धित डिजिटल सेवा प्रदायक, बैंक वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सुझाव दिइएको छ।

ब्युरोका प्रहरी उपरीक्षक अवस्थीले साइबर अपराधबाट जोगिन व्यक्तिगत सतर्कता नै प्रमुख उपाय भएको उल्लेख गर्दै प्रविधिको बढ्दो प्रयोगसँगै ठगीका स्वरूपहरू जटिल बन्दै गएको बताए। उनले वित्तीय कारोबार तथा व्यक्तिगत जानकारीको सुरक्षामा नागरिक स्वयंले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

प्रहरीका अनुसार यस्ता अवैध कार्यमा संलग्न ठगहरूले बल्क एसएमएस सेवा दुरुपयोग गरी सयौँ–हजारौँ व्यक्तिलाई एकैपटक निशाना बनाइरहेका छन्, जसले वित्तीय सुरक्षामा गम्भीर चुनौती थपेको छ। प्रहरीले यस्ता घटनामा संलग्न जोसुकैलाई पनि कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेको छ।


बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

२०८२ असार ४ बुधवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले २० वटा...

राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

२०८२ असार २ सोमवार

समस्या यो व्यवस्थामा होइन, नेता र सरकारमा छ । अहिलेको वितृष्णा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

२०८२ जेठ २९ बिहीवार

 ईलाम। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

२०८२ जेठ २८ बुधवार

काठमाडौ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर...

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ जेठ २८ बुधवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ...