स्थलगत अवलोकन भ्रमण तथा निरीक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ५ बिहीवार १७:३०
shares

बिराटनगर । स्थलगत अवलोकन भ्रमण तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ।
काेशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीले मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं. ०९ गोठगाउँ स्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रको निर्माणाधीन सरस्वती मन्दिर, अफिस भवन, महिला प्रशिक्षार्थी ब्यारेक भवन, आन्तरिक प्रशिक्षणलय भवन, ब्यारेक भवन लगायतको स्थलगत अवलोकन भ्रमण तथा निरीक्षण गर्नु भएको हाे।
उक्त कार्यक्रममा प्राविधिक प्रहरी उपरीक्षक हरी डंगोलज्यूले भवनहरूको बारेमा जानकारी दिनुभएको थियो भने समादेशकले कार्यरत प्रहरी कर्मचारीहरू, निर्माण कार्यमा खटीएका ओम साई कन्ट्रक्सन प्रा.लि. का प्रतिनिधिहरू तथा कर्मचारीहरू संग निर्माण कार्यलाई तोकिएको समयमा गुनस्तरीय निर्माण कार्य सम्पन्न गर्न समेत निर्देशन दिनु भएको थियो ।