बिउटी लाउन्ज उद्घाटन गर्दै उपप्रमुख अधिकारी भनिन् – “महिलाहरु स्वरोजगारतर्फ प्रेरित हुँदै छन्”

2.59K
shares

भैरहवा । रूपन्देहीको सिद्धार्थ नगरपालिका वडा नं.–११, एभरेष्ट बैंक छेउमा खुलेको “बिउटी लाउन्ज सन्चालनमा आएको छ। सौन्दर्य मात्र होइन, महिलाहरुको आर्थिक सशक्तिकरण गर्ने उद्देश्यले स्थापना भएको बिउटी लाउन्ज २९ वर्षीया रूपा चौधरीले १५ लाख रुपैयाँको लगानीमा संचालनमा ल्याएको हो।  यस बाट उनीजस्तै धेरै महिलाहरुलाई स्वरोजगारतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।

संचालक रूपा चौधरीले देशमै केही गरौं भन्ने सोचका साथ बिउटी लाउन्ज खोलेको बताइन् । उनको अनुसार “सशक्त र आत्मनिर्भर बन्ने चाहनाले  स्वरोजगारको बाटो रोज्न प्रेरित गर्‍यो, विदेश जानुको सट्टा यहीँ अवसर खोज्नु पर्छ भन्ने सोचले यो लाउन्ज खोलें”।

सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा अधिकारीले लाउन्जको उद्घाटन गर्दै “महिला सशक्तिकरणको महत्वपूर्ण पक्ष आर्थिक स्वतन्त्रता भएको बताइन् ।  स्वरोजगारमा संलग्न हुने महिलालाई पालिकाले सधैं प्रोत्साहन गर्नेछ।” बिउटी लाउन्जले सौन्दर्य सेवासँगै स्थानीय युवतीहरूलाई तालिम र रोजगारी दिने छ। यसले महिलाको आत्मविश्वास वृद्धि गर्नुका साथै आर्थिक रूपान्तरणमा पनि सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन। “बिउटी लाउन्ज” केवल व्यावसायिक प्रस्थान मात्र नभएर एक प्रेरणादायक पाटो भएकाले उनीहरूको लगन र सोचले स्वदेशमै केही गरि जीवनलाई सार्थक बनाउने प्रेरणा जगाएको उनको भनाइ छ। 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083