सिद्धार्थनगरमा तिज प्रतियोगितामा सम्पन्न, वडा आठ प्रथम

2.61K
shares

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भएको दोस्रो नगर स्तरीय तिज नृत्य प्रतियोगितामा वडा नं ८ प्रथम भएको छ । मंगलबार भएको प्रतियोगितामा दोस्रो स्थान सिद्धार्थनगर नगरपालिकाका कर्मचारीहरु, तेस्रो स्थान वडा नं ९ र चौथो  स्थान सिद्धार्थ नगरपालिका वडा नं १२ को समूह भएको हो ।

प्रथम, द्धितिय, तृतीयलाई बाध्यबाधन दिएर पुरस्कृति गरीएको थियो । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नगद पुरस्कार राख्ने छलफल भएता पनि प्राविधिक कारणले गर्दा हरितालिका तीजको अवसरमा परम्परागत ‘तीज गीत’ प्रतियोगिता आयोजना गर्ने भएको छ प्रतियोगिताका निर्णायक  विमला पोखरेलले जानकारी दिनुभयो ।

औपचारिक कार्यक्रम शत्रमा बोल्दै सिद्धार्थगनर नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि ईस्तियाक अहमद खान महिलाहरुले तिजलाई महिला सशक्तिकरण सँग जोडेर हेर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले गितका भाका मार्फत महिला अधिकार बारे महिलाहरुलाई सचेत बनाई सभ्य समाजको निर्माणको लागि तथा आत्मीयता कायम गर्नै कार्यक्रमको आयोजना गरीएको जानकारी दिनुभयो ।

तीज गीत प्रतियोगितामा महिला अधिकार र सशक्तिकरणलाई केन्द्रमा राखेर ५ वटा समूहको आफ्नै मौलिक भाकामा तीज गीत प्रस्तुत गरेका थिए । समावेशीताको सिद्धान्त अवलम्बन सिद्धार्थनगर नगरपालिकालृ अतिथिको रुपमा निम्त्याएको हर्षको महसुस भएको एक्लोलाई साहार दिने वृक्ष समूहका अध्यक्ष रेश्मा न्यौपानेकाले बताउनुभयो ।

कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संस्था प्रमुख महिला,  जनप्रतिनिधि, पत्रकारहरुको उपस्थिती रहेको थियो।
प्रतियोगिताले महिलाहरूको सशक्तीकरण र सांस्कृतिक संरक्षणमा योगदान पुर्याएको वक्ताहरुले बताएका  थिए । स्थानीय संस्कृतिलाई जीवन्त राख्न र महिला आवाजलाई प्रोत्साहन गर्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरुले बताए । कार्यक्रममा निर्णायकको रुपमा कविता रिजाल, साहित्यकार सरु ज्ञवाली निर्णायकको भूमिकामा रहेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083