लन्डनस्थित नेपाली मेलामा राजदूत घिमिरेको पहिलो उपस्थिति
वि.सं.२०८२ भदौ १४ शनिवार १६:४६
shares

आयोजक तमुधिं यूकेले उनलाई सम्मानस्वरुप फेटा लगाई दिए । नेपालका विविध जातजाति र भाषाभाषीको संगम बनेको उक्त मेलाका आयोजकहरुको प्रशंसा गर्दै राजदूत घिमिरेले मुख्य निम्न कुरामा जोड दिए ।
१) कृपया बेलायतमा बस्ने हरेक नेपालीले हरेक वर्ष कम्तीमा आफ्ना तीन जना ब्रिटिश मित्रहरुलाई नेपाल पठाउने प्रयास गर्नुहोस्।
२) आफू जन्मिएको मुलुकको सेवाका लागि आफूसंग रहेको ज्ञान, सीप र प्रविधि नेपाल स्थानान्तर गर्नु होस्।
३) बेलायतमा खाना पकाउँदा सम्भव भएसम्म नेपाली खाना पकाउनु होस्।
४ ) सम्भव भएसम्म नेपालबाटै आयात गरिएका कपडा लगाउनु होस्।
५) नेपाली भाषा, संस्कृति र चाड पर्व लगायत नेपाली समाजका मूलभूत मान्यताहरु दोश्रो र तेश्रो पुस्तालाई स्थानान्तर गर्नु होस्।
६) नेपालको सौन्दर्य र विविधता बेलायतमा गौरवका साथ प्रदर्शन गर्नु होस्, र
७) बेलायतमा तपाईं जहाँ भए पनि नेपालको ‘ब्रान्ड एम्ब्यासडर’ को रुपमा प्रस्तुत हुनु होस्।
आउँदो वर्ष सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकको दर्जाबाट मध्यम आय भएको मुलुक बन्न अगाडि बढ्दै गर्दा बेलायत लगायत संसारभरि रहेका प्रवासी नेपालीहरुको भूमिका महत्वपूर्ण हुने राजदूत घिमिरे बताउँछन्। उनी भन्छन् – ‘नेपाली मेला जस्ता कार्यक्रमले नेपाली समुदायको एकता र सांस्कृतिक वैभव मात्र प्रदर्शन गरेका छैनन्, बरु बेलायतमा नेपाली समुदायका सम्भावनाहरु पनि उजागर गरेका छन्।’































