केन्द्रीय कारागार कार्यालयमा बागमती प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठलाई विशेष सम्मान

7.38K
shares

काठमाडौ । केन्द्रीय कारागार कार्यालयमा विभिन्न आवश्यक कार्यक्रमका लागि बजेट व्यवस्था गरिदिएको योगदानको कदरस्वरूप बागमती प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठलाई विशेष सम्मान गरिएको छ ।

सांसद श्रेष्ठले कारागारभित्र कैदीबन्दीको स्वास्थ्य, खानेपानी, सरसफाइ तथा आवश्यकीय पूर्वाधार विकासका लागि प्रदेश सरकारमार्फत बजेट सुनिश्चित गर्न भूमिका खेलेका थिए । कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले कैदीबन्दी पनि समाजकै एक हिस्सा भएकाले उनीहरूको पुनर्संस्कार र सहज जीवनयापनका लागि आवश्यक पूर्वाधार विकास गर्न राज्य जिम्मेवार बन्नुपर्ने बताए ।

उक्त कार्यक्रममा काठमाडौँ जिल्लाका सिडिओ छबि रिजाल, काठमाडौँ प्रहरी परिसरका एसएसपी विश्व अधिकार, उपत्यका प्रहरी कार्यालयका एसएसपी दीप शमशेर जबरा र केन्द्रीय कारागार सुन्धाराका डिएसपी जेसी शाह सहितको उपस्थिति रहेको थियो ।

सो अवसरमा केन्द्रीय कारागार कार्यालयका प्रमुखले सांसद श्रेष्ठको सहयोगले कारागारभित्रका चुनौती समाधानमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083