‎‎बानेश्वर बहुमुखी क्याम्पसमा कविता प्रतियोगिता कार्यक्रम सम्पन्न

लक्ष्मीप्रसाद देवकोटाको ११७ अ‍ौं जन्मजयन्तीका अवसरमा अन्तर क्याम्पस स्तरीय कविता प्रतियोगिता

11.53K
shares

काठमाडाैं । ‎‎बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ अ‍ौं जन्मजयन्तीका अवसरमा अन्तर क्याम्पस स्तरीय कविता प्रतियोगिता कार्यक्रम भएको छ। बानेश्वर बहुमुखी क्याम्पस भाषा विभागद्वारा आयाेजित कार्यक्रम महाकविपुत्र पद्मप्रसाद देवकोटाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे।

कार्यक्रममा भाषा विभागका विभागीय प्रमुख प्रा. ध्रुवकुमार न्यौपानेकाे अध्यक्षता, विशेष अतिथि संस्थापक क्याम्पस प्रमुख प्रा.डा. केदार न्यौपाने, क्याम्पस प्रमुख प्रा.डा. घमानसिंह खड्काकाे रहेको थियाे। कार्यक्रममा अतिथिकाे रुपमा स्रष्टा कोषराज न्यौपाने, खोलाघरे साहिँलो, सविता बराल, प्राध्यापक संघ बानेश्वर बहुमुखी क्याम्पसका एकाइ सभापति सह.प्रा. सुधीरकुमार रिमाल, स्ववियु बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष भूमिराज अधिकारी रहनु भएको थियो। उक्त कार्यक्रम उपप्रा. डा. रमेश शुभेच्छुले सञ्चालन गर्नु भएको थियाे।

कार्यक्रममा क्याम्पस प्रमुख डा. घमानसिंह खड्का, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष भूमिराज अधिकारी लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो।

 

साथै कार्यक्रमका बीचमा महाकवि द्वारा रचित यात्री कविताको गायन तथा कविता वाचन गरिएको थियो। कोषराज न्यौपाने र खोलाघरे साहिँलोले वाचित कविताको मूल्यांकन गर्नुभएको थियो।

कार्यक्रममा पद्मप्रसाद देवकोटा, केदार न्यौपाने, कोषराज न्यौपाने लगायतका वक्ताहरूले महाकवि देवकोटा विभिन्न पक्षमाथि प्रकाश पार्नु भएको थियो ।

 

प्रतियोगितामा अप्सरा पोख्रेल, रुबी सत्याल, प्रकृति परियार र महेश राणा क्रमशः प्रथम द्वितीय तथा तृतीय घोषित भएका थिए । कविता प्रतियोगितामा विभिन्न क्याम्पसका २५ जना विद्यार्थीरूको सहभागिता रहेको थियो । साथै कार्यक्रममा प्रध्यापकहरु, शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरु लगाएकाे उपस्थिति रहेको थियाे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083