एसएसपी रमेश थापाको उपस्थितिमा सिनामङ्गल बागमतीपुल प्रहरी बिट पुनर्निर्माण पश्चात् हस्तान्तरण

2.65K
shares

काठमाडौ । जेन्जी आन्दोलनका कारण क्षतिग्रस्त बनेको सिनामङ्गल बागमतीपुल प्रहरी बिट स्थानीय बासिन्दा तथा विभिन्न संघ–संस्थाहरूको सहयोगमा पुनर्निर्माण गरी एक औपचारिक समारोहका बीच नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौं परिसरका प्रमुख एसएसपी रमेश थापा उपस्थितमा उक्त समारोहमा काठमाडौं–९ का वडा अध्यक्ष रामजी भण्डारी वडा सदस्यहरू, स्थानीय बासिन्दा, समितिका संयोजक समाजसेवी लगायतहरूको उपस्थितिमा थिए ।

 

समुदायको सहयोगमा पुनः पहिल्यै स्थानमा पुनर्निर्मित प्रहरी वृत्त हस्तान्तरणसँगै अब सुरक्षा सेवा अझ प्रभावकारी र सहज हुने अपेक्षा गरिएको छ।‌ वक्ताहरूले स्थानीय–प्रहरी सहकार्यको यस उदाहरणले सामुदायिक सुरक्षालाई मजबुत बनाउने र सकारात्मक सन्देश दिन योगदान पुर्याउने उल्लेख गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083