स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

3.94K
shares

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई कार्यक्रम गरेकाे छ।

स्ववियु बाेल्छ सफा कलेज खाेज्छ, शिक्षा मात्र हाेईन सफाई पनि हाम्रो संस्कार हाे “सरसफाई र स्वच्छताः हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ बानेश्वर बहुमुखी क्याम्पस प्राङ्गण क्याम्पस परिसर क्षेत्र लगाएत ठाउँमा आज सरसफाई गरेको हो ।

शैक्षिक संस्थामा निरन्तर जसाे सरसफाई कार्यक्रमलाई निरन्तरता दिईने स्ववियु बानेश्ववर बहुमुखी क्याम्पसका अध्यक्ष भुमिराज अधिकारीले बताए ।

उक्त सरसफाई कार्यक्रममा क्याम्पसका प्रमुख डा. घमानसिंह खड्का, अतिरिक्त क्रियाकलाप प्रमुख कृष्ण देव यादव, प्रध्यापक कर्मचारी शिक्षक, शिक्षिकाहरु, स्ववियू पदाधिकारी सदस्यहरु, क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठनकाे नेतृत्व, युवा विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको थियो ।

divya collage
unigloble collage