एआईजी ईश्वर कार्कीद्वारा पदभार ग्रहण

रानिपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा पदभार ग्रहण

2.77K
shares

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले काठमाडौं उपत्यका प्रहरी प्रमुखको कमान्ड सम्हालेका छन्।

बुधबार रानिपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा कार्कीले पदभार ग्रहण गरेका हुन् ।

मन्त्रिपरिषद्ले ईश्वर कार्कीलाई एआईजीमा बढुवा गर्दै उपत्यका प्रहरी कार्यालयमा पस्थापन गर्ने निर्णय गरेको थियो । कार्कीलाई डीआईजी ओम अधिकारी सहितका प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए।

जेनजी प्रदर्शनसँगै उपत्यकामा सुरक्षा चुनौती थपिएको छ । भदौ २४ मा आन्दोलनकारीको आक्रमणबाट सबैभन्दा धेरै क्षति उपत्यकामा भएको थियो । उपत्यकामा गिरेको प्रहरीको मनोबल उठाउँदै शान्ति सुरक्षा बहाल गर्नुपर्ने चुनौती कार्कीको काँधमा रहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083