काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र महालक्ष्मी नगरपालिका ललितपुरका बीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
वि.सं.२०८२ मंसिर १२ शुक्रवार १८:५५
3.39K
shares
shares

काठमाडौ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र महालक्ष्मी नगरपालिका ललितपुरका बीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र महालक्ष्मी नगरपालिका ललितपुरका बीच नगरपालिकाको क्षेत्रभित्र सुरक्षा व्यस्थापनका लागि सिसिटिभि क्यामेरा जडान, संचालन, मर्मत संभार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हाे।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र महालक्ष्मी नगरपालिकाको तर्फबाट नगर प्रमुख हरी गोविन्द श्रेष्ठले उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।































