लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न
वि.सं.२०८२ मंसिर १६ मंगलवार १९:३८
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय, प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक रमेश थापाकाे प्रमुख आतिथ्यतामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
“समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत” जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली कामपा.३१ वडा कार्यालय ,प्रहरी बृत्त नयाँ बानेश्वर र सामुदायिक बिकास तथा सेवा समिति एवं सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर ३१, को संयुक्त आयोजनामा तिनकुने स्थित भि.एस.निकेतन कलेजको सभाहलमा कामपा.३१ वडा अध्यक्ष सरोज ढकालकाे अध्यक्षता प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख डिएसपी हरी खतिवडाकाे उपस्थितिमा उक्त कार्यक्रम भएको हाे।
वडाका जनप्रतिनिधि, सामाजिक संघ संस्था, शिक्षक, बिद्यार्थी र अभिभाबकहरुकाे सहभागितामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान (UNITE TO END DIGITAL VIOLENCE AGAINST ALL WOMEN AND GIRLS) अन्तर्गत प्रविधिको सहि प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ , लैङ्गिक हिंसा रहित प्रविधि, सुरक्षा र न्यायको विधि, मुलनारा अनुसार जिल्ला प्रहरी परिसर काठमाडौं बाट प्र.नि. सरस्वति कार्कीद्धा लैङ्गिक हिंसा सम्बन्धि र साईवर व्यूरो भोटाहिटीका प्रहरी बरिष्ठ नायब निरीक्षक जिर बहादुर बुढाद्धारा साईवर अपराधको बिषयमा सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हाे।
सो कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय, प्रमुख रमेश थापाले सामुदाय-प्रहरी साझेदारी कार्यक्रम अझ प्रभाबकारी रुपले अगाडी बढाउनुका साथै सामाजिक सद्धभाव कायमराखी अपराध गर्ने व्यक्तिलाई कानूनि कार्यन्वयनमा लैजाने प्रतिवद्धता जनाई समग्रमा शान्ति सुरक्षाको बिषयमा, हालको समय र परिस्थितिको बारे जानकारी गराउदै अपराधिक गतिबिधि भए देखेमा प्रहरीको हटलाईन नं.१०० मा फोनगरी जानकारी गराउँन समेत अनुरोध गर्नु भएको थियो ।













