नारा होइन, जीवन–संघर्ष बोकेर चुनावमा उत्रिएका रामबहादुर भण्डारी

को हुन् रामबहादुर भण्डारी ?

1.57K
shares

धादिङ । नेपाली कम्युनिस्ट आन्दोलनका ‘जिउँदो सहिद’ भनेर चिनिने रामबहादुर भण्डारी धादिङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन् । लामो समयदेखि राजनीतिक आन्दोलन, जनसंघर्ष र संगठन निर्माणमा सक्रिय भण्डारीलाई आम मतदाताले अनुभवी, संघर्षशील र सैद्धान्तिक नेताका रूपमा चिन्छन् ।

को हुन् रामबहादुर भण्डारी ?
रामबहादुर भण्डारी नेपाली कम्युनिस्ट आन्दोलनका पुराना नेता हुन् । राजनीतिक संघर्षका क्रममा जेल, यातना र दमन झेलेका कारण उनलाई ‘जिउँदो सहिद’ को उपमा दिइएको हो । सत्ता र पदभन्दा आन्दोलन, विचार र जनताको पक्षमा उभिँदै आएका भण्डारीले सरल जीवनशैली र स्पष्ट विचारका कारण धादिङ क्षेत्र नं. २ मा विशेष पहिचान बनाएका छन् ।
उनलाई नजिकबाट चिन्नेहरू भन्छन, भण्डारी भाषणभन्दा काममा विश्वास गर्ने नेता हुन् । जनताको घर–आँगनमा पुग्ने, समस्या सुन्ने र समाधान खोज्न प्रयास गर्ने उनको शैलीले ग्रामीण भेगका मतदातामा भरोसा जगाएको देखिन्छ ।
रामबहादुर भण्डारीले आफ्नो उम्मेदवारी जनमुखी विकास, सामाजिक न्याय र राजनीतिक शुद्धता मा केन्द्रित रहेको बताएका छन् ।
उनका प्रमुख एजेन्डा यस्ता छन् :
◾️सडक, खानेपानी र विद्युत् जस्ता आधारभूत पूर्वाधारको सन्तुलित विकास
◾️युवा रोजगारी र स्वरोजगार सिर्जना, वैदेशिक पलायन रोक्ने नीति
◾️शिक्षा र स्वास्थ्य सेवामा समान पहुँच, ग्रामीण क्षेत्रलाई प्राथमिकता
◾️भ्रष्टाचारविरुद्ध कडा कदम, पारदर्शी शासन प्रणाली
किसान र मजदुरका हकहित, उत्पादनमुखी कृषि नीति
संघीयताको प्रभावकारी कार्यान्वयन, स्थानीय तहको अधिकार सुनिश्चितता

जनताको मन–मनमा भण्डारी
धादिङ क्षेत्र नं. २ का मतदातामा भण्डारीप्रति “नेता होइन, आन्दोलनबाट खारिएको अभिभावक” भन्ने धारणा बलियो देखिन्छ । पुराना अनुहार फेरि–फेरि आएर नतिजा दिन नसकेको अवस्थामा, भण्डारीलाई विचार र इमानदारीको विकल्प का रूपमा हेर्ने मतदाताको संख्या बढ्दो छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार, यदि मतदाताले नाराभन्दा जीवन–संघर्ष र एजेन्डालाई मूल्याङ्कन गरे भने रामबहादुर भण्डारी यस निर्वाचनमा बलियो दाबेदार बन्न सक्ने देखिन्छ ।
रामबहादुर भण्डारीको उम्मेदवारी केवल चुनावी प्रतिस्पर्धा मात्र नभई, संघर्षशील राजनीति र जनउत्तरदायी नेतृत्वको परीक्षण का रूपमा पनि हेरिएको छ । अब निर्णय मतदाताको हातमा छ, पुरानै शैली कि विचार र इमानदारीमा आधारित नयाँ प्रतिनिधित्व ।