एआइजी ईश्वर कार्कीद्वारा एसएसपी रमेश थापा लगायतका प्रहरी कर्मचारी पुरस्कृत

2K
shares

काठमाडौ । काठमाडौ उपत्यका प्रहरी कार्यालय रानिपोखरीले उपत्यका भित्रका उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकृतहरुलाई नगद पुरस्कारसहित पुरस्कृत गरेको छ।

काठमाडौ उपत्यका कार्यालयका प्रमुख एआईजी ईश्वर कार्कीले काठमाडौँ जिल्ला प्रहरी प्रमुख एसएसपी रमेश थापाको टिमले जिल्लाभित्र शान्ति सुरक्षा, अपराध रोकथाम, नियन्त्रण एबम अनुसन्धानमा उत्कृष्ट कार्य गरेका प्रहरी कर्मचारीलाई आफ्नो कार्यकालमा उत्कृष्ट कार्य गरि संगठनको गरिमा बढाएको भन्दै पुरस्कार प्रदान गरेकाे छ।

एआईजी कार्कीले काठमाडौँ जिल्लाभित्र घटेका घटनाको उत्कृष्ट अनुसन्धान तथा अपराध अनुसन्धानमा प्रशंसनीय एवं उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिँदा अन्य प्रहरी कर्मचारीहरुको कार्य सम्पादन स्तरमा समेत सकारात्मक प्रभाव पर्न गई प्रहरी मनोबल उच्च रहने विषयलाई दृष्टिगत गरी उनीहरूले सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप अभिलेखमा जनिने गरी पुरस्कारद्वारा सम्मानित गरे ।

एआईजी कार्कीले पुरस्कृत हुनु विशुद्ध निष्ठा र कर्तव्यपरायणताको मूल्याङ्कन भएकोले आगामी दिनहरूमा अझै बढी लगनशील र कर्तव्यनिष्ठ भई अनुकरणीय कार्यसम्पादन हुनुपर्ने बताउनुभयो । पुरस्कार प्रोत्साहन भएको र पुरस्कृत नहुँदैमा बिचलित हुन नहुने बताउँदै संगठनको गरिमा उचो बनाउन व्यावसायिक निष्ठा प्रदर्शन गर्नुहुने अन्य उत्कृष्ट प्रहरी कर्मचारीहरूले कर्तव्यपालनामा तल्लीन र धैर्यता राखेमा भविष्यमा पुरस्कृत हुने अवसर पाउने बताउनुभयो ।