एसपी नवीन कार्की गण्डकी प्रदेशमै उत्कृष्ट प्रहरी घोषित

नगदसहित सम्मानित

1.9K
shares

प्रदेश प्रहरी कार्यालय पोखराद्वारा गरिएको कार्यसम्पादन मूल्याङ्कन अनुसार एसपी कार्कीले नेतृत्व गरेको कार्य, अपराध नियन्त्रण, शान्ति–सुरक्षा व्यवस्थापन, अनुसन्धान क्षमता तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहका दृष्टिले सर्वोत्कृष्ट रहेको ठहर गरिएको हो ।

उहाँले जिल्लामा लागूऔषध नियन्त्रण, संगठित अपराध विरुद्धको कारबाही, ट्राफिक व्यवस्थापन सुधार, तथा समग्र सुरक्षा व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । विशेषगरी पछिल्ला महिनाहरूमा कास्की जिल्लामा देखिएका विभिन्न आपराधिक घटनाहरूको सफल अनुसन्धान र नियन्त्रणमा उहाँको सक्रिय नेतृत्वलाई उच्च मूल्याङ्कन गरिएको छ ।

२०८२ साल चैत्र महिनाका लागि गरिएको छनोट अनुसार एसपी कार्कीलाई ‘उत्कृष्ट प्रहरी’ घोषणा गर्दै नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

सम्मान ग्रहणपछि एसपी कार्कीले प्राप्त सफलतालाई व्यक्तिगत नभई समग्र प्रहरी संगठनको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा अझ जिम्मेवारीपूर्वक नागरिक सेवा र सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

उहाँ प्रहरी संगठनभित्र एक सक्षम, कर्तव्यनिष्ठ र काबिल अफिसरका रूपमा परिचित रहँदै आएका छन् । कास्की जिल्लामा उहाँको नेतृत्वमा प्रहरीले अपनाएको सक्रिय र परिणाममुखी कार्यशैलीले प्रहरी–नागरिक सम्बन्धलाई समेत थप मजबुत बनाएको सरोकारवालाहरूले बताएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083