एसपी गोबिन्द राज काफ्लेले सम्हाले गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

1.64K
shares

काठमाडौ । नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको निर्णय अनुसार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय गगनगौडा कास्की प्रमुखको रूपमा सरुवा भएका एसपी गोबिन्द राज काफ्लेलाई स्वागत तथा सोही पत्रादेशनुसार सरुवा भई जानु भएका एसपी दान बहादुर थापा बिच स्वागत तथा फेरि भेटौँला,जिम्मेवारी हस्तान्त्रण कार्यक्रम” सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै एसपी दान बहादुर थापाले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय गगनगौडा कास्कीमा कार्यरत रहँदाको अनुभव, कार्यालयबाट सम्पन्न भएका कार्यहरू यस कार्यालय तथा मातहतका सम्पूर्ण ट्राफिक प्रहरी कार्यलयमा कार्यरत प्रहरी कर्मचारीहरूको सहयोग र सहकार्यको स्मरण गर्दै सबैप्रति धन्यवाद तथा प्रशंसा व्यक्त गर्नुभयो । साथै उहाँले नवआगन्तुक कार्यालय प्रमुखलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

त्यसैगरी नवआगन्तुक एसपी गोबिन्द राज काफ्लेले सरुवा भई जानु भएका एसपी दान बहादुर थापालाई आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय गगनगौडा कास्कीमा रहँदा बस्दा गर्नुभएको उल्लेखनीय कार्यहरूको प्रशंसा तथा धन्यवाद व्यक्त गर्नुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083