सुनसरी जिल्लाको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी एसपी पुष्पराज मल्ललाई

195
shares

काठमाडौ । सुनसरी जिल्लाको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) पुष्पराज मल्ललाई प्रदान गरिएको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज क्षेत्रमा दुई समूहबीच भएको झडप तथा त्यसपछिको सुरक्षा अवस्थालाई प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकेको भन्दै त्यहाँ कार्यरत सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाइएको थियो। सोही निर्णयअनुसार एसपी पुष्पराज मल्ललाई जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रमुखका रूपमा खटाइएको हो।

यसअघि एसपी मल्ल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत हुनुहुन्थ्यो। उहाँको नेतृत्वमा सुनसरीमा शान्ति सुरक्षा सुदृढ, कानुनको प्रभावकारी कार्यान्वयन तथा नागरिकको सुरक्षा सुनिश्चित हुने अपेक्षा गरिएको छ।


divya collage
unigloble collage