डिआईजी भूपेन्द्र खत्रीद्वारा तुलसीपुर इलाका प्रहरी कार्यालयको अनुगमन, अपराध नियन्त्रण र नागरिकमैत्री प्रहरी सेवामा जोड

1.79K
shares

दाङ ।  लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) भूपेन्द्र बहादुर खत्रीले इलाका प्रहरी कार्यालय तुलसीपुरको अनुगमन तथा निरीक्षण गर्नुभएको छ।

अनुगमनका क्रममा डिआईजी खत्रीले अपराध नियन्त्रण, शान्ति–सुरक्षा सुदृढीकरण, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षण, विपद् व्यवस्थापन लगायत समसामयिक सुरक्षा चुनौतीका विषयमा प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिनुभएको थियो।

उहाँले प्रहरी संगठनको व्यावसायिकता, अनुशासन र जवाफदेहितालाई थप सुदृढ बनाउँदै नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्न जोड दिनुभयो। साथै, प्रविधिको प्रभावकारी उपयोग गर्दै परिणाममुखी, नागरिकमैत्री र उत्तरदायी प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरूलाई आग्रह गर्नुभयो।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी भूपेन्द्र बहादुर खत्रीको नेतृत्वमा प्रभावकारी सुरक्षा व्यवस्थापन तथा गुणस्तरीय प्रहरी सेवा प्रवाह गर्ने उद्देश्यका साथ उक्त अनुगमन तथा निर्देशन कार्यक्रम सम्पन्न भएको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083