एसएसपी दीप शम्शेर जबराद्वारा रौतहटको सुरक्षा अवस्थाको स्थलगत अनुगमन

1.18K
shares

रौतहट । नेपाल प्रहरी प्रधान कार्यालयको विशेष निर्देशनअनुसार वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीप शम्शेर जबरा रौतहट जिल्लामा पुगेर शान्ति सुरक्षा अवस्थाको स्थलगत मूल्यांकन तथा अनुगमनमा सक्रिय रहनुभएको छ।

मधेश प्रदेशका जिल्लाहरूमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै शान्ति सुव्यवस्था थप सुदृढ बनाउने, स्थानीय प्रशासन तथा सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्ने उद्देश्यले नेपाल प्रहरी प्रधान कार्यालयले उहाँलाई विशेष जिम्मेवारीसहित रौतहट खटाएको हो।

अनुगमनका क्रममा एसएसपी जबराले जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूको निरीक्षण गर्नुका साथै सुरक्षा व्यवस्थाको समीक्षा, प्रहरी परिचालनको अवस्था, सम्भावित चुनौती तथा आवश्यक सुरक्षा रणनीतिबारे निर्देशन दिनुभएको छ।
उहाँको नेतृत्वमा रहेको टोलीले स्थानीय तहका जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्दै जिल्लाको समग्र सुरक्षा अवस्थालाई थप प्रभावकारी बनाउने कार्यलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।


divya collage
unigloble collage