आज सिन्दुरजात्रा, हर्षोल्लासका साथ नेवार समुदायले मनाए

२०७५ वैशाख २ आइतवार
1.5K
shares
काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि क्षेत्रका बासिन्दाले आज विहान हर्षोल्लासका साथ सिन्दुरजात्रा मनाएका छन्। जात्रामा हजारौ नेवार समुदायको सहभागीता रहेको थियो ।

बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुरेजात्रा प्रसिद्ध छ। थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा ७, टिगनीमा १ स्थानमा बेग्लाबेग्लै खटजात्राका साथ सिन्दुर जात्रा मनाइएको हो ।थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताको नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइएको हो ।

२०७५ वैशाख २ आइतवार