सोह्रखुट्टेमा ट्यांकरले ६ ओटा गाडीलाई ठक्कर दियो

10.95K
shares

काठमाडौं । सोह्रखुट्टेमा ट्यांकरले छ वटा गाडीलाई ठक्कर दिएको छ । मंगलबार बिहान गोल्फुटार बाट आइरहेको बा ३ ख ९४५० नम्बरको पानीले भरिएको ट्यांकर ‌ओह्रालोमा ब्रेक फेल भएपछि पाँच गाडी र एक मोटरसाइकललाई ठक्कर दिएको हो । गाडीलाई ठोक्दै गुडेको ट्यांकर पछि वीरबहादुर तामाङ र विषयजंग गुरूङको घरमा ठोक्किएको थियो । ट्यांकर ठोक्किएको घरमा सामान्य क्षति भएको छ ।

ट्यांकरले चार वटा कार, एक बस र एक मोटरसाइकललाई ठक्कर दिएको हो । मोटरसाइकल चालकलाई सामान्य चोट लागेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे असई बसन्त थापाले जानकारी दिए । उनका अनुसार ट्यांकर चालक फरार छन्। उनको खोजी भइरहेको छ ।