माइती नेपालद्वारा ९५ महिलाको उद्धार

Nepal Life Insurance Long Ad

विराटनग । माइती नेपाल मोरङले सन् २०१९ को अवधिमा ९५ बालिका तथा महिलालाई भारतीय सीमाक्षेत्रबाट बेचबिखन हुनबाट जोगाएको छ । ‘हामो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त’ नारासहित मोरङ शाखाले ती बालबालिकालाई विराटनगरको सीमावर्ती क्षेत्र रानी तथा भारतीय बजारको रेल स्टेशन र बसपार्कबाट उद्धार गरेको मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

अठार वर्षमुनिका २१ र माथिका ७४ जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय रेल्वे प्रहरी, भारतीय प्रहरी र माइती नेपालका कर्मचारीको सहयोगमा उद्धार गरिएको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले जानकारी दिए । यस क्षेत्रबाट उद्धार गरिएकामध्ये भारतसहित नेपालका १८ जिल्लाका बालिका र महिला रहेका छन् । यसरी उद्धार गरिएकामध्ये मोरङ, सुनसरी, झापा, उदयपुर, खोटाङ र धनकुटाका अधिकांश महिला रहेको पोखरेलले बताए । यस्तै सो अवधिमा घरेलु हिंसाबाट पीडित १६, करणी भएका तीन, दुईलाई अदालतमा मुद्दा दर्ता, हराएका छ महिला फेला पार्नुका साथै ९५ जनालाई पुनःस्थापना केन्द्रमा राखिएको थियो ।

अप्ठ्यारो गरी हिँड्ने, सिन्दुरपोते लगाइ हिँडने, बोल्दा अकमकाउने, एक्लै हिँड्ने आदिबाट जोखिममा परेका महिला हुनसक्ने भनेर पहिचान गर्न सीमाक्षेत्रमा निगरानी गरिरहेका विगतका पीडित नै माइती नेपालको कर्मचारीलाई सहज भएको संयोजक पोखरेलले भनाइ थियो । माइती नेपालले भारतीय बसपार्क र रेल्वे स्टेशनमा सिटमा बसेको अवस्थामा पनि भारतीय प्रहरीको सहयोगमा नेपाली महिलालाई बेचिनबाट जोगाएको छ । नेपाली महिला बेचिएको भारतको कोलकाता, मुम्बई र दिल्लीमा समेत भारतीय प्रहरीको सहयोगमा धेरै महिलालाई उद्धार गरेको उनले जानकारी दिए ।

उद्धार गरिएका महिलालाई विराटनगरस्थित केन्द्रमा राखी घरपरिवारलाई जिम्मा लगाउने अथवा घर नजाने महिलालाई सुनसरीको इटहरीमा रहेको पुनःस्थापना केन्द्रमा आयआर्जनका लागि सीपमूलक तालीम प्रदान गर्ने गरेको छ । विसं २०५६ मा स्थापना भएको माइती नेपालको मोरङ शाखाले तीन हजारलाई सीपमूलक तालीम दिनुका साथै सरकारी, निजी क्षेत्र र प्रहरी सेवामा समेत रोजगारी उपलब्ध गराएको संयोजक पोखरेलले बताए । हाल मोरङमा माइती नेपाललगायत एबिसी नेपाल, साना हात, आफन्त नेपाल र विश्व विस्तार सीमाक्षेत्रमा चेलीबेटी रोकथाममा क्रियाशील रहेका छन् ।


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...