लोकतन्त्रभित्रको मुख्य प्रश्न स्वतन्त्र पत्रकारिता : मन्त्री बाँस्कोटा

6.1K
shares

कैलाली । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बलियो लोकतन्त्रभित्रको मुख्य प्र्रश्न स्वतन्त्र पत्रकारिता रहेको बताएको छ ।

नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको नवनिर्मित भवनको धनगढीमा आज उद्घाटन गर्दै उहाँले स्वतन्त्र पत्रकारितालाई बलियो बनाउने मूलआधार आफ्नो स्रोतमा आफै आत्मनिर्भर हुनु हो भने । मन्त्री बाँस्कोटाले भन्नुभयो “आफ्नो व्यवसायप्रति आत्मनिर्भर भइयो भने मर्यादित ढङ्गले बाँच्ने आधार सिर्जना हुन्छ ।

उनले समानुपातिक विज्ञापन नीतिले सञ्चारमाध्यमलाई सामानुपातिक विज्ञापन वितरण गर्ने जानकारी दिए । सुदूपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले अगामी दिनमा सुदूरपश्चिम सरकारले सञ्चारकर्मीको दक्षता अभिवृद्धि गर्न थप सहकार्य गर्ने जानकारी दिँदै सङ्घीय सरकारले पनि थप वित्तीय स्रोत प्रदान गर्नुपर्ने बताए ।

महासङ्घका जिल्ला अध्यक्ष जगत साउदको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीलगायतले पत्रकार हक हितका बारे चर्चा गरेका थिए ।


divya collage
unigloble collage